युनाइटेड अजोड इन्स्योरेन्सले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले भोलि असार २५ गतेदेखि संस्थापक समूहअन्तर्गत रहेको ६३ हजार ८४७ कित्ता सेयर बिक्री प्रक्रिया सुरु गर्ने जनाएको छ।
यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीसँगै अन्य इच्छुक व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेस गर्न सक्नेछन्।
कम्पनीले बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरेको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा प्रतिकित्ता कम्तीमा १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य उल्लेख गर्नुपर्नेछ।
बोलपत्र न्यूनतम १ हजार कित्ताका लागि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ भने अधिकतम सम्पूर्ण ६३ हजार ८४७ कित्ताका लागि आवेदन दिन सकिनेछ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कमलपोखरीस्थित कार्यालयमा तथा लक्ष्मी सनराइज बैंकका विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर (सुर्खेत) र धनगढी शाखामार्फत पनि बुझाउन सकिनेछ।
कम्पनीका अनुसार बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १ गते तोकिएको छ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया