हिमालयन पावर पार्टनर लिमिटेडको अवितरित ४ लाख ६८ हजार ७४० कित्ता हकप्रद सेयरको बाँडफाँड सम्पन्न भएको छ।
कम्पनीले उक्त सेयर जेठ २७ गतेदेखि असार ४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीका लागि खुला गरेको थियो।
कम्पनीका अनुसार प्रतिकित्ता ३४५ रुपैयाँ १० पैसा कटअफ मूल्य निर्धारण गरिएको छ। सो मूल्य वा सोभन्दा बढी मूल्यमा आवेदन दिएका लगानीकर्तालाई माग र सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा सेयर बाँडफाँड गरिएको जनाएको छ।
बाँडफाँडमा नपरेको रकम आवेदकले उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत फिर्ता पठाइने कम्पनीले जनाएको छ।
उक्त हकप्रद सेयर बिक्रीको व्यवस्थापन ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको हो।





















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया