बैंकिङ क्षेत्रका अनुभवी निरज शर्माको काँधमा इसेवाको कमान्ड

बैंकिङ क्षेत्रका अनुभवी निरज शर्माको काँधमा इसेवाको कमान्ड
Advertisement Ads

इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्। इसेवा सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले शर्मालाई असोज १२ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव भएका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण र रिटेल बैंकिङ क्षेत्रमा अनुभवी छन्। डिजिटल वित्तीय सेवा, रणनीतिक वृद्धि तथा ग्राहककेन्द्रित सेवा विकासमा काम गरेका शर्माले अब इसेवाको व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन्।

इसेवा सञ्चालक समितिले शर्माको बैंकिङ तथा डिजिटल वित्तीय सेवासम्बन्धी अनुभवले कम्पनीको आगामी रणनीति र डिजिटल सेवाको विस्तारमा योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ।

शर्माको नियुक्तिसँगै इसेवाका निवर्तमान सीईओ जगदीश खड्काको चारवर्षे कार्यकाल पूरा भएको छ। खड्का २०७९ असोज १२ गते इसेवाको सीईओ नियुक्त भएका थिए।

खड्काको कार्यकालमा इसेवामा दर्ता भएका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख र मर्चेन्टको संख्या ६ लाखभन्दा बढी पुगेको कम्पनीले जनाएको छ। यस अवधिमा कम्पनीले डिजिटल कर्जा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिङ्क, बिजनेस एप, इन्टेन्ट पे लगायतका नयाँ सेवा तथा सुविधा विस्तार गरेको थियो।

त्यस्तै, नेपाली भाषामा एप सञ्चालन र दृष्टिविहीन प्रयोगकर्ताका लागि ‘टकब्याक’ सुविधा थप गर्दै इसेवाले डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गरेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार खड्काको नेतृत्वमा नयाँ उत्पादन तथा सेवाको विकास, डिजिटल वित्तीय सेवाको विस्तार र ग्राहककेन्द्रित नवप्रवर्तनमा काम भएको थियो। चारवर्षे कार्यकाल पूरा भएपछि अब इसेवाको नेतृत्व शर्माले सम्हाल्ने भएका छन्।

esewa https://bajarkochirfar.com/banking-veteran-neeraj-sharma-takes-command-of-esewa | %tags
यो पनि पढ्नुहोस

खड्काको सफल नेतृत्वमा चार वर्षमा बदलियो इसेवाको परिचय, ‘वालेट’बाट बन्यो डिजिटल वित्तीय प्लेटफर्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स