कानुन अध्ययनरत विद्यार्थीलाई काठमाडौं महानगरपालिकामा इन्टर्न गर्ने अवसर, यसरी दिनुहोस आवेदन

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक २० गते
Advertisement Ads
कानुन अध्ययनरत विद्यार्थीलाई काठमाडौं महानगरपालिकामा इन्टर्न गर्ने अवसर, यसरी दिनुहोस आवेदन
Advertisement Ads

काठमाडौं महानगरपालिकाले ३५ जना न्यायिक सहजकर्ता (इन्टर्न) छनोट गर्ने भएको छ। महानगरपालिकाको न्यायिक समिति अन्तर्गत कानून तथा मानव अधिकार विभाग र वडा कार्यालयहरूमा काम गर्ने गरी इच्छुक विद्यार्थीबाट आवेदन माग गरिएको हो।

महानगरपालिकाले सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा प्रदान गर्न तथा न्यायिक कार्यमा सहजीकरण गर्ने उद्देश्यले इन्टर्नका लागि आवेदन खुलाएको हो। छनोट भएका विद्यार्थीले चालु आर्थिक वर्ष २०८३/८४ मा ६ महिनासम्म काम गर्न पाउनेछन्। उनीहरूले प्राप्त गर्ने सेवा तथा सुविधा भने महानगरपालिकाको निर्णयअनुसार हुनेछ।

इच्छुक विद्यार्थीले महानगरपालिकाको अनलाइन पोर्टल ijlas.kathmandu.gov.np मार्फत आवेदन दिन सक्नेछन्। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेस गरिसक्नुपर्नेछ।

प्राप्त आवेदनमध्ये योग्य उम्मेदवारको संक्षिप्त सूची (Shortlist) तयार गरिनेछ। त्यसपछि अन्तर्वार्तामार्फत अन्तिम छनोट गरिने महानगरपालिकाले जनाएको छ।

आवश्यक न्यूनतम शैक्षिक योग्यता, आवेदन प्रक्रिया, छनोट विधि तथा अन्य विस्तृत जानकारीका लागि महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np मा हेर्न सकिनेछ।

Advertisement Ads

थप जानकारीका लागि भागीरथा खनाल (९८४९७८९९३२), विकास ओझा (९८४६१०२९८५) र ऋषिकेश खकुरेल (९८६२७१३३३६) लाई सम्पर्क गर्न सकिनेछ।

download 3 https://bajarkochirfar.com/law-students-have-the-opportunity-to-intern-at-kathmandu-metropolitan-city-apply-here | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स