चलचित्र बनाउन सरकारले अनुदान दिने

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १० गते
Advertisement Ads
चलचित्र बनाउन सरकारले अनुदान दिने
Advertisement Ads

नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा निर्माण हुने चलचित्रका लागि प्रोत्साहन अनुदान माग गरेको छ। मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअनुसार यथार्थपरक, मौलिक तथा जनचेतनामूलक चलचित्र निर्माणका लागि आवेदन आह्वान गरेको हो।

मन्त्रालयले कात्तिक १० गते प्रकाशित सूचना अनुसार चलचित्रको स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा अनुदान उपलब्ध गराउनेछ। इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक विवरण र कागजातसहित आवेदन पेस गर्नुपर्नेछ।

आवेदनमा चलचित्र वा स्क्रिप्टको नाम, विधा, कथाकार, पटकथाकार, भाषा, लेखक, निर्माता, निर्देशक, निर्माण संस्था, छायाँकार, कलाकार, अनुमानित लागत, निर्माण अवधि र कार्ययोजनालगायत विवरण खुलाउनुपर्नेछ।

त्यस्तै, सम्बन्धित व्यक्तिहरूको बायोडाटा, निर्माण संस्था दर्ता तथा स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र, अघिल्लो आर्थिक वर्षसम्मको करचुक्ता प्रमाणपत्र र कम्पनी अद्यावधिक प्रमाणपत्र पनि पेस गर्नुपर्नेछ। स्क्रिप्ट लेखक र निर्माण पक्ष अलग भए उनीहरूबीच भएको सम्झौताको प्रमाणित प्रतिलिपिसमेत आवश्यक पर्नेछ।

आवेदनको ढाँचा तथा थप जानकारी मन्त्रालयको वेबसाइट moic.gov.np बाट प्राप्त गर्न सकिनेछ। मन्त्रालयले थप जानकारीका लागि ०१-४२००५७७ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

Advertisement Ads

download 1 https://bajarkochirfar.com/government-to-provide-subsidies-for-film-production | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स