सरकारले कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा गर्ने सुविधाको म्याद २०८३ पुस मसान्तसम्म थप गरेको छ।
यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद कात्तिक ९ गतेको निर्णयअनुसार थप गरी पुस मसान्तसम्म पुर्याइएको हो।
कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानुनले तोकेको समयभित्र विवरण पेस नगरेको, नवीकरण नगरेको वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना नतिरेको भएमा यो सुविधा लिन सक्नेछन्।
यस्ता कम्पनीले आफ्नो कारोबार निरन्तरता दिन वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ का लागि कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेस गर्नुपर्नेछ।
तोकिएको समयभित्र आवश्यक विवरण तथा रकम दाखिला गरेमा सोभन्दा अघिको अवधिमा लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुने व्यवस्था गरिएको छ।

प्रतिकृया