ओरियण्टल होटल्स लिमिटेडले २९औँ वार्षिक साधारण सभा असोज २९ गते गर्ने भएको छ। सभा जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजे हुनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेस हुनेछन्।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गतेदेखि असोज २९ गतेसम्म सेयर दाखिल खारेज (बुक क्लोज) गर्ने भएको छ। त्यसअनुसार असोज १२ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी भई मतदान गर्न सक्नेछन्।

प्रतिकृया