तीन वटा सूचीकृत कम्पनीले हकप्रद सेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्। अनुमति माग्ने कम्पनीहरूमा डोल्टि पावर लिमिटेड, ओरियन्टल होटेल्स लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट लिमिटेड रहेका छन्।
सेबोनमा प्राप्त विवरणअनुसार डोल्टि पावर, ओरियन्टल होटेल्स र भूगोल इनर्जीले क्रमशः मङ्सिर २५, मङ्सिर २९ र पुस ९ गते हकप्रद सेयर निष्काशनको अनुमति माग्दै आवेदन दिएका हुन्।
डोल्टि पावर लिमिटेडले हाल कायम चुक्ता पुँजीको १ः०.९६१८ अनुपात (९६.१८ प्रतिशत) मा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। कम्पनीले ५१ करोड ५९ लाख ८६ हजार रुपैयाँ बराबरको ५१ लाख ५९ हजार ८६० कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको हो। यस हकप्रद सेयर निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ।
ओरियन्टल होटेल्स लिमिटेडले हाल कायम चुक्ता पुँजीको १०ः२.६६३ अनुपात (२६.६३ प्रतिशत) मा हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँ बराबरको ३१ लाख ५५ हजार ५० कित्ता हकप्रद सेयर निष्काशनका लागि सेबोनसँग अनुमति मागेको छ। कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडलाई दिइएको छ।
भूगोल इनर्जी डेभलपमेन्ट लिमिटेडले हाल कायम चुक्ता पुँजीको १ः०.८८६६ अनुपात (८८.६६ प्रतिशत) मा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीले ४८ करोड २३ लाख ८४ हजार रुपैयाँ बराबरको ४८ लाख २३ हजार ८४० कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो। यस कम्पनीको हकप्रद सेयर निष्काशनको बिक्री प्रबन्धक पनि एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएपछि यी तीनै कम्पनीले हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाउनेछन्।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया