भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन २२ गते विशेष साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको साउन ५ गते बानेश्वरस्थित रजिष्टर्ड कार्यालयमा बसेको बैठकले सभाको मिति तय गरेको हो।
सभा बिहान ९ बजे काजीको किचन, पुरानो बानेश्वर, काठमाडौंमा हुनेछ।
उक्त सभामा कम्पनीको हालको चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पेस गरिनेछ। साथै, हकप्रदबाट संकलित रकमको उपयोगबारे सञ्चालक समितिले गरेको निर्णय स्वीकृतिका लागि प्रस्तुत गरिनेछ।
सभाले प्रवन्धपत्रको दफा ६ संशोधन गरी अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साथै, नियमनकारी निकायबाट आवश्यक निर्देशन वा कैफियत आएमा त्यसअनुसार संशोधन गर्न र हकप्रद सेयर निष्काशनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस गरिनेछ।


















![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)
प्रतिकृया