थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ को नवौँ, दशौँ र एघारौँ वार्षिक साधारण सभा असोज २७ गते बोलाएको छ। सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरवार प्रा.लि.मा बिहान १० बजे हुनेछ।
सभामा तीन आर्थिक वर्षका वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने तथा सञ्चालक समिति गठन गर्ने प्रस्ताव छन्।
त्यस्तै, कम्पनीको ठेगाना र पूँजी संरचना परिवर्तन, प्रबन्धपत्र तथा नियमावली संशोधन तथा १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव विशेष रूपमा पेस हुनेछ। साथै एक महिलासहित ३ जना सञ्चालकको निर्वाचन गरिनेछ।
साधारण सभा प्रयोजनका लागि असोज १५ गते सेयर दाखिल खारेज (बुक क्लोज) हुनेछ। त्यसअनुसार असोज १४ गतेसम्म कायम सेयरधनीले सभामा सहभागी भई मतदान गर्न सक्नेछन्।

प्रतिकृया