थ्रीस्टार हाइड्रोपावर कम्पनीले वैशाख २३ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा जर्मन होम्स गठ्ठाघर भक्तपुरमा वैशाख २३ गते बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव गरेको छैन भने हकप्रद सेयर निष्कासन प्रस्ताव पेश गर्नेछ ।
सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । वैशाख ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै, उपयुक्त नयाँ आयोजनाहरुको पहिचान गरी लगानी गर्ने वा निर्माणाधीन आयोजनामा थप लगानी गर्ने, सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी ( समूह “ख” ) को प्रतिनिधित्वको निम्ति २ जना सञ्चालकको निर्वाचन गर्ने लगाएतका प्रस्ताबहरु रहेका छन् |















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया