एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
सभाले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस सेयर जारीपछि बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ।
त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सर्वसम्मतिबाट पारित भएको छ।

प्रतिकृया