थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा साढे २ बजेको समयमा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आजको सेयर कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १०७ रुपैयाँले घटेर ९६३ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । समग्रमा बजार बढीरहेको समयमा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
यो समयमा सेयर बजार परिसूचक ४ दशमलव ७८ अंकले बढेर २६७२ दशमलव १९ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजारमा ५ अर्ब ४८ करोड बढीको कारोबार भएको छ ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया