नेप्सेको प्रणालीमा समस्या, साइबर आक्रमण भएको हुन सक्ने आशंका

नेप्सेको प्रणालीमा समस्या, साइबर आक्रमण भएको हुन सक्ने आशंका
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राविधिक समस्या देखिएपछि सोमबारको नियमित सेयर कारोबार स्थगित गरिएको छ।

नेप्सेका अनुसार ७२ वटा ब्रोकर कम्पनीको सर्भर रहेको डाटा हब प्रालिमा आइतबार बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या अझै समाधान नभएको र यही अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि कारोबार स्थगित गरिएको हो।

तर, स्रोतका अनुसार नेप्सेको प्रणालीमा देखिएको समस्या साइबर आक्रमण भएको हुन सक्ने आशंकासमेत गरिएको छ। यद्यपि, नेप्सेले अहिलेसम्म साइबर आक्रमण भएको औपचारिक पुष्टि गरेको छैन।

यसैबीच, अन्य ब्रोकर कम्पनीको कारोबार प्रणालीमा समस्या देखिएको छैन। एट्रेड, डिजिहब र नासा सेक्युरिटिजको टीएमएस भने चलिरहेको छ। वाइको नेपालले निर्माण गरेको अनलाइन कारोबार प्रणाली प्रयोग गर्ने ७२ वटा ब्रोकर कम्पनीको टीएमएसमा भने समस्या देखिएको बताइएको छ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत प्राविधिक समस्या समाधान नभएसम्म आजको कारोबार स्थगित गर्न नेप्सेलाई आग्रह गरेको थियो। सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार आजको कारोबार स्थगित गरेको हो।

यस विषयमा थप जानकारी लिन नेप्सेका प्रवक्ता मुराहरी पराजुलीसँग सम्पर्क गर्ने प्रयास गरेपनि उनको फोनमा सम्पर्क हुन सकेन।

795583344 1426528462950758 5504713546283220416 n https://bajarkochirfar.com/problems-in-nepse-system-suspicion-of-cyber-attack | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स