भूगोल इनर्जीको ३९ लाख कित्ता सेयरको ‘लकइन’ अवधि सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २७ गते
भूगोल इनर्जीको ३९ लाख कित्ता सेयरको ‘लकइन’ अवधि सकिँदै

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको कुल ३९ लाख १२ हजार ८१४ कित्ता सेयरको लक–इन अवधि आगामी वैशाख २ गतेपछि समाप्त हुने भएको छ।

कम्पनीका अनुसार संस्थापक समूहको ३८ लाख ८ हजार ३७४ कित्ता, स्थानीय बासिन्दाको ८५ हजार २० कित्ता तथा कर्मचारीतर्फको १९ हजार ४२० कित्ता सेयरको लक–इन अवधि सो मितिमा सकिनेछ।

यी सेयरहरू सर्वसाधारणमा आईपीओ बाँडफाँड भएको मितिदेखि तीन वर्षसम्म लक–इनमा राख्ने व्यवस्था अनुसार रोक्का रहेका थिए। कम्पनीले सर्वसाधारणलाई २०८० साल वैशाख ३ गते आईपीओ बाँडफाँड गरेको थियो।

लक–इन अवधि समाप्त भएपछि उक्त सेयरहरू दोस्रो बजारमा कारोबारयोग्य हुनेछन्। यद्यपि सञ्चालक तथा कम्पनीका उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरू बाहेक अन्य सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर कारोबार गर्न सक्नेछन्।

कम्पनीको सेयर रजिस्ट्रारका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स