आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
सीइडीबी हाइड्रोपावरको ११ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आइतबार अन्तिम कारोबार मूल्य २०३१ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य १८२९.७३ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

तेस्तै, ओरियन्टल होटल्सको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आइतबार अन्तिम कारोबार मूल्य १०३० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो ।समायोजन पश्चात यसको भाउ ९८०.९५ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


प्रतिकृया