सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (CHDC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। यस अनुसार, कम्पनीको खुद नाफा गत वर्षको समान अवधिको तुलनामा २०२.२८ प्रतिशतले वृद्धि भएर ९ करोड ७ लाख ८३ हजार रुपैयाँमा पुगेको छ, जबकि अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ३३ हजार रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएकोले खुद नाफामा पनि वृद्धि देखिएको हो। समीक्षा अवधिमा, कम्पनीको सेवा शुल्क, ब्याज, र अन्य आम्दानी १४५.९२ प्रतिशतले वृद्धि भई १० करोड ७ लाख ७९ हजार रुपैयाँ पुगेको छ।
असोज मसान्तसम्ममा कम्पनीको चुक्त पूँजी २३.२१ प्रतिशतले वृद्धि भएर १ अर्ब ३ करोड ४२ लाख ३७ हजार रुपैयाँ पुगेको छ।
प्रतिसेयर आम्दानी २० रुपैयाँ ८० पैसा वृद्धि भएर ३५ रुपैयाँ ११ पैसा पुगेको छ, भने कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ रहेको छ।
कम्पनीको प्रशासनिक खर्च ४२.७२ प्रतिशत र कुल खर्च ४१.३९ प्रतिशतले वृद्धि भएको पनि जानकारी दिइएको छ।
यसका साथै, कम्पनीको जगेडा कोषमा ४८ करोड ६० लाख रुपैयाँ सञ्चित रहेको छ।
















प्रतिकृया