सीईडीबी होल्डिङ्सले बोलायो साधारणसभा, हकप्रद सेयर पुनः अनुमोदन गर्नेसहित यस्ता छन् प्रस्तावहरु

सीईडीबी होल्डिङ्सले बोलायो साधारणसभा, हकप्रद सेयर पुनः अनुमोदन गर्नेसहित यस्ता छन् प्रस्तावहरु

सीईडीबी होल्डिङ्स लिमिटेडको सञ्चालक समितिको बैठकले वैशाख २२ गते बिहान बसेर जेठ १४ गते बिहीबार बिहान ९ बजे वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ।

उक्त साधारणसभामा हकप्रद सेयर पुनः अनुमोदन गर्ने, कम्पनीको जारी पूँजी हेरफेर गर्दै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, तथा नियामक निकायको निर्देशनअनुसार आवश्यक परिमार्जन वा थपघट गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरू पेश गरिनेछ।

त्यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान विवरण र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी उनको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि समावेश गरिएको छ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि वैशाख ३० गते एक दिन बूक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार वैशाख २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

cedb holdings limited https://bajarkochirfar.com/cedb-holdings-calls-for-general-meeting-proposes-re-approval-of-rights-shares | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स