सीएचडीसीको नाफा ८ करोड बाट बढेर ३५ करोड पुग्यो, ईपीएस ४५ रुपैयाँ ५१ पैसा

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३० गते
सीएचडीसीको नाफा ८ करोड बाट बढेर ३५ करोड पुग्यो, ईपीएस ४५ रुपैयाँ ५१ पैसा

सिईडिबि होल्डिङग्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३२७.४५ प्रतिशतले बढेर ३५ करोड ३० लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी २५३.६४ प्रतिशतले बढेर ३८ करोड ९ लाख रुपैयाँ पुगेको छ, जसका कारण खुद नाफामा उल्लेख्य सुधार देखिएको हो। यद्यपि, सोही अवधिमा कम्पनीको प्रशासनिक खर्च १८.३० प्रतिशत र कुल खर्च ३३.५६ प्रतिशतले बढेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ३९ पैसा बढेर ४५ रुपैयाँ ५१ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ९३ पैसा रहेको छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ७४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स