हकप्रद सेयर पुनः अनुमोदन गर्ने प्रस्ताव पारित गर्दै सिईडिबि होल्डिङ्सको साधारणसभा सम्पन्न

हकप्रद सेयर पुनः अनुमोदन गर्ने प्रस्ताव पारित गर्दै सिईडिबि होल्डिङ्सको साधारणसभा सम्पन्न
Advertisement Ads

सिईडिबि होल्डिङ्स लिमिटेडको वार्षिक साधारणसभा बिहिबार काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाले कम्पनीले निष्काशन गर्ने ४५.५ प्रतिशत हकप्रद सेयर सम्बन्धी प्रस्ताव पुनः अनुमोदन गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ४५.५ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्ने भएको हो।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण समेत पारित गरिएको छ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

सभाबाट कम्पनीको जारी पूँजी हेरफेर गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायको निर्देशनअनुसार आवश्यक परे संशोधनमा थपघट वा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Arjun Man Singh Pradhan
Arjun Man Singh Pradhan
2 months ago

I don’t think bonuses and dividends are the issue. The company should focus on corporate governance, zero tolerance for misconduct, shareholder interests, capital adequacy, accounting transparency, risk management, ESG compliance, digital transformation, employee retention, and sustainable long-term growth.

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स