चार कम्पनीहरूको वार्षिक साधारणसभा आज (असोज ३१ गते) एकैदिन हुँदैछ। यी कम्पनीहरूले लाभांश वितरणदेखि मर्जर र हकप्रद सेयर प्रस्तावसम्मका फरक–फरक एजेन्डा प्रस्तुत गर्ने भएका छन्।
नेपाल ल्यूब आयल कम्पनी लिमिटेडको साधारणसभा आज पुल्चोकस्थित द प्लाजा मा बिहान साढे ११ बजे सुरु हुँदैछ। कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५२६४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बुक क्लोज मिति असोज १२ गते निर्धारण गरिएको थियो।
मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारणसभा आज नयाँबानेश्वरस्थित थापागाउँ व्याङ्क्वेट मा बिहान ११ बजे सुरु हुँदैछ। कम्पनीले करसहित १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। साथै, मर्जर वा वैदेशिक रणनीतिक साझेदारीको सम्भावना खुला राख्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। बुक क्लोज मिति असोज २२ गते तय गरिएको थियो।
ओरियण्टल होटल्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारणसभा आज जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान मा बिहान ११ बजे बस्दैछ। कम्पनीले यस वर्ष लाभांश प्रस्ताव नगरी १ बराबर ०.२६६३ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ। बुक क्लोज मिति असोज २ गते निर्धारण गरिएको थियो।
स्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनी लिमिटेडको ९औं वार्षिक साधारणसभा आज सुकेधारास्थित सेलिब्रेसन हाइट्स मा बिहान ११ बजे सुरु हुँदैछ। कम्पनीले लाभांश प्रस्ताव नगरी एक स्वतन्त्र सञ्चालकको नियुक्ति र चार सञ्चालकको निर्वाचन गर्ने एजेन्डा तय गरेको छ। बुक क्लोज मिति असोज २४ गते थियो।







![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया