फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ४ गते
फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो ?
AdvertisementAds

बजारमा अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य सार्वजनिक गरेको हो।

चितवनलाई आधार मानेर तोकिएको नयाँ मूल्यअनुसार सबै प्रकारका अण्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँसम्म बढाइएको छ।

नयाँ मूल्यअनुसार सबैभन्दा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ, ठूलो अण्डा ५७५ रुपैयाँ र मध्यम अण्डा ५३५ रुपैयाँ पुगेको छ। यस्तै, सानो अण्डाको मूल्य प्रतिपेटी ३ हजार २०० रुपैयाँ कायम गरिएको छ।

सङ्घले एक हप्ता नबित्दै अण्डाको मूल्य पुनः बढाएको हो। यसअघि साउन महिनामै अण्डाको मूल्य चार पटक वृद्धि गरिएको थियो।

व्यवसायीहरूका अनुसार अण्डाको उत्पादन घट्दै गएपछि मूल्यमा लगातार दबाब परेको हो। बर्डफ्लुका कारण ठूलो सङ्ख्यामा कुखुरा नष्ट गर्नुपरेपछि उत्पादनमा उल्लेख्य कमी आएको र माग धान्न कठिन भएपछि मूल्य बढाउनुपरेको नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स