मन्जुश्री फाइनान्स लिमिटेडले थापाथलीस्थित आफ्नै भवनमा २८औँ शाखा सञ्चालनमा ल्याएको छ। केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण गरेपछि फाइनान्सले मिति २०८२ माघ ८ गते बिहीबारदेखि थापाथली शाखाबाट औपचारिक रूपमा सेवा सुरु गरेको हो।
यसअघि २७ वटा शाखा तथा एक एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको मन्जुश्री फाइनान्सले ग्राहकसँग अझ नजिक रहने उद्देश्यसहित नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ।
पुस मसान्तसम्म फाइनान्सले २४ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सो अवधिसम्म वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २०.०३ रुपैयाँ रहेको छ। पुस मसान्तसम्म फाइनान्सको कुल नाफा १३ करोड ५४ लाख रुपैयाँ पुगेको छ।
ग्राहक सेवा र डिजिटल बैंकिङमा अग्रसर मन्जुश्री फाइनान्सले हालै फोनपे (FonePay) सँगको सहकार्यमा ‘मन्जुश्री फोनपे भर्चुअल क्रेडिट कार्ड’ सेवा पनि सुरु गरेको छ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया