विपद् व्यवस्थापनका लागि ‘क्राइसिस कनेक्ट नेपाल’ स्थापना

विपद् व्यवस्थापनका लागि ‘क्राइसिस कनेक्ट नेपाल’ स्थापना
Advertisement Ads

नेपालमा विपद्को पूर्वतयारी, खोजी, उद्धार तथा राहत कार्यलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले ‘क्राइसिस कनेक्ट नेपाल’ (CCN) स्थापना भएको छ।

काठमाडौंस्थित टेकस्पायर कलेजको सगरमाथा हलमा आयोजित प्रारम्भिक साधारण सभाबाट २१ जना संस्थापक सदस्यले पद तथा गोपनीयताको शपथ लिएसँगै संस्थाको औपचारिक गठन गरिएको हो। सभाले सुरज राज पाण्डेलाई संस्थाको अध्यक्षमा निर्वाचित गरेको छ।

CCN मा दैनिक तथा रणनीतिक कार्य सञ्चालनका लागि ७ सदस्यीय सञ्चालक समिति, मुख्य कार्यकारी अधिकृत (CEO) तथा विभिन्न विषयगत समितिहरू रहने व्यवस्था गरिएको छ। संस्थाले आधुनिक डिजिटल कमान्ड प्रणाली र तालिमप्राप्त स्वयंसेवकको सञ्जालमार्फत विपद्का बेला तत्काल खोजी, उद्धार तथा राहतमा परिचालन हुने संरचना विकास गर्ने जनाएको छ।

संस्थाले स्थानीय तहका साना घटनादेखि राष्ट्रियस्तरका महाविपद्सम्म प्रविधिमैत्री ड्यासबोर्डमार्फत खोजी, उद्धार तथा राहत कार्य सञ्चालन गर्ने लक्ष्य राखेको छ। अध्यक्ष पाण्डेका अनुसार पहिलो घण्टामै द्रुत र व्यवस्थित उद्धार सेवा पुर्‍याउनु संस्थाको मुख्य प्राथमिकता हो।

CCN ले नेपालभर दक्ष तथा प्रमाणित स्वयंसेवकको सञ्जाल निर्माण गरी विपद्का बेला स्थानीय निकायसँग समन्वय गरेर जीवनरक्षाका कार्यमा परिचालन गर्ने जनाएको छ। संस्थाको संरचनामा २१ जना मताधिकारप्राप्त संस्थापक सदस्यसँगै सञ्चालक समिति र विपद् व्यवस्थापन, आपतकालीन चिकित्सा, जीआईएस प्रविधि, कानुन तथा स्रोत परिचालनलगायत क्षेत्रका विशेषज्ञ सम्मिलित सल्लाहकार समिति रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स