मञ्जुश्री फाइनान्सको लाभांश पाउन भोलिसम्म सेयरधनी बन्नुपर्ने, कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २० गते
मञ्जुश्री फाइनान्सको लाभांश पाउन भोलिसम्म सेयरधनी बन्नुपर्ने, कति दिँदैछ लाभांश ?
AdvertisementAds

मञ्जुश्री फाइनान्स लिमिटेडले घोषणा गरेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्न भोलि (असोज २१ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले १८औं वार्षिक साधारणसभा र लाभांश वितरणका लागि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। सभा असोज ३१ गते बिहान ११ बजे नयाँ बानेश्वरस्थित थापागाउँ ब्याङ्क्वेटमा हुनेछ।

सभामा कुनै उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर, प्राप्ति वा वैदेशिक रणनीतिक साझेदारीमा जान आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पेश हुनेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन, रजिष्टर कार्यालय स्थान परिवर्तन, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पनि प्रस्तुत गरिने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स