मञ्जुश्री फाइनान्स लिमिटेडले घोषणा गरेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज, असोज २१ गते रहेको छ।
कम्पनीले असोज ३१ गते नयाँ बानेश्वरको थापागाउँ बैंक्वेट हलमा बिहान ११ बजे आफ्नो १८औं वार्षिक साधारण सभा सञ्चालन गर्नेछ। लाभांश वितरणका लागि कम्पनीले असोज २२ गते बुक क्लोज गर्ने व्यवस्था गरेको छ।
सभाले सञ्चालक समितिलाई कुनै उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर/अधिग्रहण तथा वैदेशिक रणनीतिक साझेदारी गर्न आवश्यक कार्य गर्ने, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, र रजिष्टर्ड कार्यालयको स्थान परिवर्तन गर्ने अख्तियारी दिने प्रस्ताव पनि राख्नेछ।
त्यसैगरी, गत आर्थिक वर्षका वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र उनीहरूको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गरिनेछ।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया