नापजाँच सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। नापी कार्यालय धनुषाले लामो समयदेखि रोकिएको जग्गा दर्ता प्रक्रिया पूरा गर्दै उनीहरूलाई लालपुर्जा वितरण गरेको हो।
साबिक मिथलेश्वर महुवाही वडा नं. १ देखि ९ अन्तर्गत पर्ने स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न भएको थियो। तर, जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा नापजाँच पूरा भए पनि लालपुर्जा वितरणको प्रक्रिया अघि बढ्न सकेको थिएन।
विगतमा आयोगबाट नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरेपछि ३१० थान जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाले जनाएको छ।
लालपुर्जा पाएसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ती परिवारले आफ्नो जग्गाको औपचारिक कानुनी स्वामित्व प्राप्त गरेका छन्।















![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)



प्रतिकृया