सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावललाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई ५ वर्षका लागि डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।
रावल हाल नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उनले वि.सं. २०६२ माघमा राष्ट्र बैंकमा प्रवेश गरेका हुन्।
करिब दुई दशकदेखि राष्ट्र बैंकमा कार्यरत रावलले बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।
नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था छ। यसअघि एक पदमा किरण पण्डित नियुक्त भइसकेका थिए भने अर्को पद रिक्त थियो। रावलको नियुक्तिसँगै दुवै डेपुटी गभर्नर पद पूरा भएको छ।

प्रतिकृया