७ वटा कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

७ वटा कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?
Advertisement Ads

सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मेवारीअनुसार काम सन्तोषजनक रूपमा सम्पन्न नगरेको भन्दै सातवटा निर्माण कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कार्यालयले सम्बन्धित सार्वजनिक निकायको सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा राखेको हो।

कालोसूचीमा पर्नेमा अमृता महरा मुख्य व्यक्ति रहेको नमादेउ निर्माण सेवा, बझाङ रहेको छ। डोटीको खत्याडी माविको सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो।

त्यस्तै, शंकरबहादुर प्याकुरेल मुख्य व्यक्ति रहेको एम/एस बागेश्वरी मल्टिप्रपोज निर्माण सेवा, रामेछाप कन्स्ट्रक्सन र सन्तोषी निर्माण सेवा पनि कालोसूचीमा परेका छन्। यी कम्पनीलाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र पूर्वाधार विकास निर्देशनालय, सुर्खेतले कालोसूचीमा राख्न सिफारिस गरेका थिए।

त्यसैगरी पवन पासवान मुख्य व्यक्ति रहेको रमन कन्स्ट्रक्सन, धनुषा, श्याम किशोर साह मुख्य व्यक्ति रहेको सगुन निर्माण सेवा, धनुषा र उद्धव भट्टराई मुख्य व्यक्ति रहेको ओम इन्फ्राटेक, ललितपुरलाई पनि कालोसूचीमा राखिएको छ।

यी तीन कम्पनीलाई सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना तथा सन्धिखर्क, अर्घाखाँची सडक विभागले कालोसूचीमा राख्न सिफारिस गरेको थियो।

Advertisement Ads

कालोसूचीमा परेका सबै कम्पनी तीन वर्षसम्म सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन्।

Screenshot 18 8 2026 7741 epaper.gorkhapatraonline.com https://bajarkochirfar.com/if-7-companies-are-blacklisted-what-will-they-not-be-allowed-to-do-for-how-long | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स