राष्ट्र बैंकका डेपुटी गभर्नर रावलले लिए शपथ, आजै सम्हाले पदभार

राष्ट्र बैंकका डेपुटी गभर्नर रावलले लिए शपथ, आजै सम्हाले पदभार
Advertisement Ads

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष रावलले शपथ लिएका हुन्। शपथपछि उनले आजै डेपुटी गभर्नरको पदबहाली पनि गरेका छन्।

नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका थिए। शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

रावलले २०६२ माघ २ गते नेपाल राष्ट्र बैंकमा सहायक निर्देशकका रूपमा सेवा सुरु गरेका थिए। उनी २०६८ सालमा उपनिर्देशक, २०७५ सालमा निर्देशक र २०८२ जेठ १८ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए।

कार्यकारी निर्देशक बनेपछि रावलले बैंक सुपरिवेक्षण विभागको नेतृत्व गर्दै आएका थिए। करिब दुई दशकको बैंकिङ तथा सुपरिवेक्षण अनुभवसहित उनी अब केन्द्रीय बैंकको उच्च जिम्मेवारीमा पुगेका छन्।

778767501 2106521883568506 6489180449184432644 n https://bajarkochirfar.com/deputy-governor-of-nepal-rastra-bank-rawal-takes-oath-assumes-office-today | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स