मार्जिन लेण्डिङ्ग नियमावलीको मस्यौदामा सेबोनले माग्यो सरोकारवालाको राय

मार्जिन लेण्डिङ्ग नियमावलीको मस्यौदामा सेबोनले माग्यो सरोकारवालाको राय
Advertisement Ads

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन ऋण कारोवार (मार्जिन लेण्डिङ्ग) नियमावली, २०८३ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट राय तथा सुझाव मागेको छ।

बोर्डले नेपालको पूँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विकास गर्ने उद्देश्यले मार्जिन लेण्डिङ्ग, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो र आवरणयुक्त शर्ट सेलिङ्ग प्रणाली कार्यान्वयनतर्फ अघि बढेको जनाएको छ।

पहिलो चरणमा योग्य लगानीकर्तालाई स्वःपूँजी (Equity Margin) र धितोपत्र दलाल व्यवसायीसँग ऋण लिएर लगानी गर्ने अवसर उपलब्ध गराउने गरी मार्जिन लेण्डिङ्ग प्रणालीको संरचना तयार गर्न नियमावलीको मस्यौदा गरिएको हो।

बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ तथा स्टक ब्रोकर एशोसियशन अफ नेपालका प्रतिनिधि सम्मिलित समितिमा छलफल तथा आवश्यक परिमार्जनपछि मस्यौदा तयार गरिएको बोर्डले जनाएको छ।

प्राप्त राय तथा सुझाव अध्ययन गरेर नियमावलीलाई अन्तिम रूप दिइनेछ। बोर्डले सम्बन्धित सरोकारवालालाई [email protected] मा सुझाव पठाउन आग्रह गरेको छ।

नियमावलीको सार्वजनिक परामर्शसम्बन्धी संक्षिप्त विवरण तथा मुख्य विशेषता यहाँ हेर्न सकिनेछ

त्यस्तै, मार्जिन ऋण कारोवार नियमावली, २०८३ को मस्यौदा यहाँ हेर्न सकिनेछ

774042549 1545768887594242 2158779354528356414 n https://bajarkochirfar.com/sebon-seeks-stakeholders-opinions-on-draft-margin-lending-regulations | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स