माछापुच्छ्रे बैंकको यी ब्रान्चहरु मर्ज हुँदै, कुन कहाँ गाभिने ?

माछापुच्छ्रे बैंकको यी ब्रान्चहरु मर्ज हुँदै, कुन कहाँ गाभिने ?
Advertisement Ads

माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालय समायोजन गरी बन्द गर्ने भएको छ। बैंकले साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया कार्यान्वयनमा ल्याउने जनाएको हो।

बैंकका अनुसार शाखा समायोजनपछि सम्बन्धित ग्राहकहरूले नजिकको तोकिएको शाखाबाट सम्पूर्ण बैंकिङ सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

समायोजन योजना अनुसार चितवनको हाकिमचोक शाखा नारायणगढ शाखासँग गाभिनेछ। काठमाडौंमा रहेका बालाजु शाखा गोंगबु शाखासँग, खुसीबु शाखा डल्लु शाखासँग, कलंकी शाखा स्वयम्भु शाखासँग, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखासँग तथा ठमेल शाखा दरबारमार्ग शाखासँग समायोजन गरिनेछ।

त्यसैगरी, गण्डकी प्रदेशस्थित लामाचौर शाखा बगर शाखामा गाभिनेछ भने मधेश प्रदेशको वीरगञ्ज (लिंकरोड) शाखा आदर्शनगर शाखासँग समायोजन गरिने बैंकले जनाएको छ।

mbl merges eight branches notice 1779088495146 https://bajarkochirfar.com/these-branches-of-machhapuchhre-bank-are-merging-which-one-will-be-merged-with-which | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स