शुक्रबार रातिदेखि एनएमबि बैंकका एटीएम र मोबाइल बैंकिङ सेवा बन्द हुने, कहिलेसम्म ?

Advertisement Ads
शुक्रबार रातिदेखि एनएमबि बैंकका एटीएम र मोबाइल बैंकिङ सेवा बन्द हुने, कहिलेसम्म ?
Advertisement Ads

एनएमबि बैंक लिमिटेडका एटिएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङलगायतका सेवाहरू दुई दिनभन्दा बढी समयका लागि अवरुद्ध हुने भएका छन्। बैंकले कोर बैंकिङ प्रणाली (CBS) स्तरोन्नति गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागेको हो।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार मंसिर ४ गते शुक्रबार राति ८ बजेदेखि मंसिर ६ गते आइतबार दिउँसो १ः३० बजेसम्म बैंकका एटिएम कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटिएम सेवाहरू सञ्चालनमा रहने छैनन्।

यस अवधिमा बैंकले सञ्चालन गर्दै आएका होलिडे काउन्टरहरू समेत बन्द रहनेछन्।

प्रणाली स्तरोन्नतिका कारण ग्राहकहरूमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ। थप जानकारीका लागि बैंकको सम्पर्क नम्बर ०१-५९७०१५० मा सम्पर्क गर्न सकिनेछ।

916322329 4618051638516258 7613639367245077666 n https://bajarkochirfar.com/nmb-banks-atms-and-mobile-banking-services-will-be-closed-from-friday-night-until-when | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स