माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ५०.४५ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चौथो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ९.९३ प्रतिशतले बढेर ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज ७२ करोड रुपैयाँबाट घटेर ६७ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको खराब कर्जा अनुपात ०.५८ प्रतिशतबिन्दुले घटेर ४.०१ प्रतिशतमा सीमित भएको छ।
समीक्षा अवधिमा बैंकले २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्ता पूँजी ३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी १५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य नाफा ७६ करोड २२ लाख रुपैयाँ र जगेडा कोषमा ८ अर्ब २२ करोड रुपैयाँ सञ्चित रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १४ पैसाले बढेर १८ रुपैयाँ ३० पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा रहेको छ।















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया