नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र माछापुछ्रे बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
ग्रीन डेभलपमेन्ट बैंकको ३ लाख ९ हजार ७६५ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५.७५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।
त्यस्तै, माछापुछ्रे बैंकले वितरण गरेको ४ प्रतिशत बोनस सेयर बराबरको ४६ लाख ४८ हजार ५४३ कित्ता सेयर सूचीकृत गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।



प्रतिकृया