SHAREHUB SHAREHUB

कति दिँदैछ सानिमा बैंकले लाभांश ?

Advertisement Ads
कति दिँदैछ सानिमा बैंकले लाभांश ?
Advertisement Ads

सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बैठकले साधारण सेयरधनीलाई १० प्रतिशत र अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले साधारण सेयरतर्फ १० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार साधारण सेयरका लागि कुल १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ ४३ पैसा लाभांश रकम प्रस्ताव गरिएको छ।

त्यस्तै, अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गरिएको छ। यसतर्फ कुल ५ करोड २४ लाख ३८ हजार ३५६ रुपैयाँ १६ पैसा लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

बैंक सञ्चालक समितिको २०८३/०५/११ गते बिहीबार अपराह्न ४ बजे बसेको बैठकले प्रस्तावित नगद लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभामा लाभांश प्रस्ताव अनुमोदनका लागि पेस गरिनेछ।

अग्राधिकार सेयरको हकमा भने सेयर बाँडफाँड भएको मितिदेखि २०८३ साल असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा लाभांश प्रदान गरिने बैंकले जनाएको छ।

Advertisement Ads

हाल बैंकको चुक्ता पूँजीतर्फ साधारण सेयरको १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ ३३ पैसा रहेको छ। त्यस्तै, अग्राधिकार सेयरतर्फ चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ।

Screenshot 31 8 2026 142312 www.nepalstock.com https://bajarkochirfar.com/how-much-dividend-is-sanima-bank-paying | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स