सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता सेयरको लकइन अवधि असोज २३ गतेदेखि समाप्त हुने भएको छ।
नेपाल धितोपत्र बोर्डमा दर्ता तथा सूचीकृत कम्पनीको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयरमध्ये उक्त सेयर विगत तीन वर्षदेखि लकइनमा रहेको थियो। अब लकइन अवधि समाप्त भएसँगै यी सेयर कारोबारका लागि उपलब्ध हुनेछन्।
लकइन अवधि सकिन लागेका सेयरमध्ये कम्पनीका संस्थापक समूहको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको १९ हजार ५०० कित्ता सेयर रहेका छन्।

प्रतिकृया