गत वर्ष घाटामा रहेको सोनापुर मिनरल्सको बिक्री आम्दानी उल्लेख्य बढ्यो, नाफा कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ३० गते
गत वर्ष घाटामा रहेको सोनापुर मिनरल्सको बिक्री आम्दानी उल्लेख्य बढ्यो, नाफा कति ?

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा घाटाबाट निस्कँदै बढेर ४ करोड ३६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ५५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

बिक्री आम्दानी उल्लेख्य रूपमा बढ्नु र अन्य आम्दानी सहितको कुल आय वृद्धिका कारण कम्पनी नाफामा आएको हो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

पहिलो त्रैमाससम्ममा कम्पनीको बिक्री आम्दानी ९५.२९ प्रतिशतले बढेर ६६ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने अन्य आम्दानी ११ लाख ५० हजार रुपैयाँ रहेको छ। खर्च पक्षमा, कम्पनीको बिक्री तथा वितरण खर्च ४९ लाख ४५ हजार रुपैयाँ, ह्रासकट्टी खर्च ५ करोड ४६ लाख रुपैयाँ र प्रशासनिक खर्च ४ करोड १ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

 यस्तै, कम्पनीको सञ्चालन मुनाफा १३ करोड ४८ लाख रुपैयाँ पुगेको छ।

३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको सोनापुर मिनरल्स एण्ड आयलको जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.४२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९१.९१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४५९.३७ रुपैयाँ र तरलता अनुपात १.८२ प्रतिशत रहेको छ।

SONA 1 https://bajarkochirfar.com/sonapur-minerals-which-was-in-loss-last-year-has-seen-a-significant-increase-in-sales-revenue-how-much-is-the-profit | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स