सिमेन्ट कम्पनीहरूको चिरफार: दोस्रो त्रैमासिकको रिपोर्ट के भन्छ?



Advertisement
Ads

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार नेप्सेमा सूचीकृत ४ सिमेन्ट कम्पनीहरु मध्ये दोस्रो त्रैमासमा २ ओटा कम्पनीले भने नाफा कमाएका छन् भने  २ कम्पनीले घाटा व्यहोरेको छन्। नेप्सेमा सूचीकृत ४ सिमेन्ट कम्पनी : सर्वोत्तम, शिवम् , सोनापुर र घोराही मध्ये शिवम् र सर्वोत्तम सिमेन्टले नाफा कमाएको छन् भने सोनापुर र घोराहीले भने घाटा व्यहोरेको हुन्।

चुक्ता पुँजीको आधारमा सबैभन्दा धेरै कसको ?


Advertisement

दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार नेप्सेमा सूचीकृत ४ सिमेन्ट कम्पनीहरु मध्ये चुक्ता पूँजीको आधारमा सबैभन्दा धेरै पूँजी  शिवम् सिमेन्टको रहेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ अर्ब २ करोड ७० लाख रुपैयाँ  पुँजी रहेको यस कम्पनीको चुक्ता पूँजी चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ अर्ब ४५ करोड रुपैयाँ  पुगेको छ। सर्वोत्तम सिमेन्टको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा चुक्ता पूँजी ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ। त्यस्तै, घोराही सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ५६ करोड रुपैयाँ र सोनापुर मिनरल्सको ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ।

खुद नाफाका आधारमा कुन अब्बल?

दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार नेप्सेमा सूचीकृत ४ सिमेन्ट कम्पनीहरु मध्ये सबैभन्दा धेरै खुद नाफा सर्वोत्तम सिमेन्टले कमाएको छ। कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ६८९.२३ प्रतिशतले बढेर २४ करोड १४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, शिवम् सिमेन्टको खुद नाफा भने चालू आर्थिक वर्ष दोस्रो त्रैमाससम्म ५ करोड ६८ लाख रुपैयाँ रहेको छ। त्यस्तै, सोना र घोराही सिमेन्टले भने गत आर्थिक वर्षको दोस्रो त्रैमासमा घाटा व्यहोरेको छन्। सोनापुर मिनरल्सले चालू आर्थिक वर्ष दोस्रो त्रैमाससम्म  १२ करोड २० लाख रुपैयाँ घाटामा रहेको छ भने घोराही सिमेन्ट पनि ६६ करोड ७१ लाख रुपैयाँ घाटामा रहेको छ।

प्रतिसेयर आम्दानी कसको धेरै?
दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार ४ सिमेन्ट कम्पनीहरु मध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी (इपिएस) सर्वोत्तम सिमेन्टको रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको सोहि अवधिमा १.४२ रुपैयाँ थियो । चालू आर्थिक वर्ष दोस्रो त्रैमासमा शिवम् सिमेन्टको प्रतिसेयर आम्दानी २.०८ रुपैयाँ रहेको छ। त्यस्तै, सोनापुर मिनरल्स र घोराही सिमेन्टको प्रतिसेयर आम्दानी भने क्रमश: ८ रुपैयाँ र २९ रुपैयाँ ऋणात्मक रहेको छ।

 

प्रति सेयर नेटवर्थ कसको कति ?
दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार ४ सिमेन्ट कम्पनीहरु मध्ये घोराही सिमेन्टको प्रतिसेयर नेटवर्थ सबैभन्दा धेरै रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १८८. ८३ रुपैयाँ  रहेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा प्रतिसेयर नेटवर्थ  २२५.४५ रुपैयाँ थियो। त्यसपछि दोस्रो बढी प्रतिसेयर नेटवर्थ सर्वोत्तम सिमेन्टको १८६.६६ रुपैयाँ  रहेको छ।त्यस्तै, सोना मिनिरल्स र शिवम् सिमेन्टको भने क्रमश: १८४.३६ रुपैयाँ  र १७५.३१ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको छ ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर