सोनापुर मिनरलले तिर्यो विद्युत् महसुलको पहिलो किस्ता, लाइन पुनः जोडियो

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २६ गते
सोनापुर मिनरलले तिर्यो विद्युत् महसुलको पहिलो किस्ता, लाइन पुनः जोडियो

दाङको घोराहीमा सञ्चालनमा रहेको सोनापुर मिनरल एण्ड आयल लिमिटेडले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम तिर्न सुरु गरेको छ।

कम्पनीले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिको प्रिमियम महसुलबापतको पहिलो किस्ता मंगलबार बुझाएको हो। यससँगै, गत ७ कात्तिकमा विच्छेद गरिएको विद्युत लाइन मंगलबार साँझ पुनः जडान गरिएको छ।

कुल २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रकममध्ये सोनापुर मिनरलले बक्यौता २८ किस्तामा तिर्ने सम्झौता गरेको छ। त्यसअनुसार कम्पनीले पहिलो किस्ताका रूपमा ८६ लाख ३० हजार रुपैयाँ बुझाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स