सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी घटेर ७ करोड ५९ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी १ अर्ब १७ करोड रुपैयाँबाट बढेर १ अर्ब ७६ करोड रुपैयाँमा पुगेसँगै नोक्सानी केहि घटेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४९.७९ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा अघिल्लो वर्षको ऋणात्मक ८ करोड ३५ लाखबाट सुधारिएर ९ करोड ४८ लाख रुपैयाँ धनात्मकमा पुगेको छ। कुल नाफा पनि २६५.७९ प्रतिशतले बढेको छ।
यता, कम्पनीको वित्तीय खर्च २० करोड १९ लाखबाट बढेर २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ। ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ६४ करोड १ लाख रुपैयाँ सञ्चित छ भने सेयर प्रिमियममा १ अर्ब ६५ करोड रुपैयाँ छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४७ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ८६ पैसा रहेको छ।


















![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-150x150.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)


प्रतिकृया