SHAREHUB SHAREHUB

धितोपत्र बोर्डले नेप्सेलाई दियो पाँच बुँदे निर्देशन, पत्रमा के छ ?

Advertisement Ads
धितोपत्र बोर्डले नेप्सेलाई दियो पाँच बुँदे निर्देशन, पत्रमा के छ ?
Advertisement Ads

भोटेकोशी नदीमा आएको बाढीपछि जलविद्युत कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट आएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजारमा विशेष निगरानी र सूचना प्रवाहलाई कडाइ गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पाँच बुँदे निर्देशन दिएको छ।

प्राकृतिक विपद्बाट सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबार, बजार पारदर्शिता तथा लगानीकर्ताको हितमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै सेबोनले सोमबार नेप्सेलाई यस्तो निर्देशन दिएको हो।

सेबोनले प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीहरूको विस्तृत सूची तयार गरी उपलब्ध गराउन नेप्सेलाई भनेको छ। साथै, प्रभावित कम्पनीहरूबाट आयोजना, सम्पत्ति, उत्पादन, वित्तीय अवस्था तथा व्यवसायमा परेको प्रभावसम्बन्धी विवरण लिएर सूचना प्रणालीमार्फत सार्वजनिक गर्न निर्देशन दिएको छ।

प्रभावित कम्पनीबाट सार्वजनिक गराउनुपर्ने विवरणमा आयोजनामा भएको प्रारम्भिक भौतिक क्षति, विद्युत् उत्पादन बन्द वा प्रभावित भएको अवस्था, अनुमानित उत्पादन क्षमतामा परेको प्रभाव, मानव संशाधनमा भएको क्षति, प्रसारण तथा वितरण पूर्वाधारमा परेको असरलगायतका विषय छन्।

त्यस्तै, आयोजना तथा सम्पत्तिको बीमा भएको वा नभएको अवस्था, बीमा कम्पनीमा दाबी गरिएको वा नगरिएको विवरण, प्रारम्भिक वित्तीय प्रभाव, आयोजना पुनः सञ्चालन हुन सक्ने अनुमानित समय तथा बैंक ऋण र ऋण सेवा क्षमतामा पर्न सक्ने सम्भावित प्रभाव पनि सार्वजनिक गर्नुपर्नेछ। कम्पनी व्यवस्थापनले विपद्पछि तत्काल लिएका कदमसम्बन्धी विवरणसमेत सार्वजनिक गर्न सेबोनले भनेको छ।

Advertisement Ads

बाढी प्रभावित कम्पनीहरूको धितोपत्र कारोबारमा विशेष निगरानी राख्न पनि सेबोनले नेप्सेलाई निर्देशन दिएको छ। यसअन्तर्गत अस्वाभाविक मूल्य परिवर्तन, असामान्य कारोबार परिमाण, अस्वाभाविक खरिद वा बिक्री आदेश, महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि भएको असामान्य कारोबार तथा बजारको निष्पक्षता र पारदर्शितामा असर पार्न सक्ने अन्य गतिविधिको निरन्तर अनुगमन गर्न भनिएको छ।

यसका साथै विपद्, दुर्घटना, आगलागी, भूकम्प तथा अन्य असाधारण घटनाबाट सूचीकृत कम्पनीमा पर्न सक्ने अल्पकालीन तथा दीर्घकालीन प्रभावलाई ध्यानमा राख्दै सूचना प्रवाह तथा कारोबार रोक्का/पुनः सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्न पनि सेबोनले नेप्सेलाई निर्देशन दिएको छ।

सेबोनले आफ्ना निर्देशन कार्यान्वयनको प्रगति तथा बजारमा देखिएका असामान्य गतिविधिसम्बन्धी विवरण नियमित रूपमा उपलब्ध गराउन नेप्सेलाई भनेको छ।

Screenshot 1 9 2026 1212 https://bajarkochirfar.com/the-securities-and-exchange-board-of-nepal-seb-has-given-five-point-instructions-to-nepse-what-is-in-the-letter | %tags

Screenshot 1 9 2026 12111 https://bajarkochirfar.com/the-securities-and-exchange-board-of-nepal-seb-has-given-five-point-instructions-to-nepse-what-is-in-the-letter | %tags

Screenshot 1 9 2026 12122 https://bajarkochirfar.com/the-securities-and-exchange-board-of-nepal-seb-has-given-five-point-instructions-to-nepse-what-is-in-the-letter | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स