insta insta

एक हाइड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, आयोगबाट पायो पूर्वस्वीकृति

एक हाइड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, आयोगबाट पायो पूर्वस्वीकृति
Advertisement Ads

माया खोला हाइड्रोपावर कम्पनीले १ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब रुपैयाँको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भएको हो।

कम्पनीको नवौँ साधारणसभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। सोहीअनुसार आयोगसमक्ष पेश गरिएको प्रस्तावमा १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्न आयोगले स्वीकृति दिएको हो।

संखुवासभामा १४.९० मेगावाट क्षमताको माया खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले हकप्रदबाट प्राप्त रकम कन्सोर्टियम बैंकको ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ। आयोगका अनुसार कम्पनीको विभिन्न बैंकमा रहेको कुल बक्यौता ऋण २ अर्ब ४२ करोड १५ लाख १ हजार ५१७ रुपैयाँ ९ पैसा रहेको छ।

आयोगले हकप्रदबाट प्राप्त रकम ऋण चुक्तामा प्रयोग गरी १५ दिनभित्र त्यसको पुष्टि हुने कागजातसहित जानकारी गराउन कम्पनीलाई निर्देशन दिएको छ।

Screenshot 2 9 2026 165630 www.nepalstock.com https://bajarkochirfar.com/a-hydropower-company-to-issue-100-percent-rights-shares-receives-prior-approval-from-the-commission | %tags Screenshot 2 9 2026 165637 www.nepalstock.com https://bajarkochirfar.com/a-hydropower-company-to-issue-100-percent-rights-shares-receives-prior-approval-from-the-commission | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स