माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको लकइन समयावधि आजबाट समाप्त हुने भएको छ। कम्पनीको कुल ७६ लाख ४८ हजार कित्ता सेयरको लकइन अवधि आज सकिन लागेको हो।
कम्पनीका अनुसार यसमा संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको सेयर तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयर समावेश छन्। लकइन अवधि खुल्न लागेको कुल सेयरमध्ये ६६ लाख कित्ता संस्थापक सेयर, १० लाख कित्ता स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको सेयर, र ४८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको सेयर रहेका छन्।
कम्पनीले स्थानिय बासिन्दाका लागि विसं २०७९ मंसिर २३ गतेदेखि पुस १७ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। सर्वसाधारण (कर्मचारीसहित) का लागि भने विंस २०७९ माघ १३ गतेदेखि माघ १७ गतेसम्म आईपीओ निष्काशन गरिएको थियो। उक्त आईपीओको बाँडफाँड २०७९ माघ २६ गते सम्पन्न भएको थियो।
धितोपत्र दर्ता तथा निष्काशन नियमावलीअनुसार, कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरी बाँडफाँड गरिएको मितिबाट तीन वर्षसम्म संस्थापक सेयरधनीले धारण गरेको सेयर, स्थानिय बासिन्दा र कर्मचारीलाई बाँडफाँड गरिएको सेयर लकइनमा राख्नु पर्ने व्यवस्था छ। यस अवधिमा ती सेयर बिक्री गर्न पाईँदैन।
साथै, कम्पनीले सञ्चालक सदस्य र उच्च तहका कर्मचारीहरूले पदमा रहेसम्म तथा पदबाट हटेपछि एक वर्षसम्म सेयर खरिद-बिक्री गर्न नपाउने स्पष्ट व्यवस्था गरेको छ।





















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया