चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले २ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ, अघिल्लो वर्षको तुलनामा यस कम्पनीले उल्लेखनीय सुधार गरेको हो। अघिल्लो बर्षको यसै अवधिमा कम्पनी ५ करोड १ लाख घाटामा थियो।
विद्युत बिक्रीबाट आम्दानी उल्लेखनीय रूपमा ५ करोड ६७ लाखबाट बढेर १३ करोड ४९ लाख रुपैयाँ पुगेको छ, जसले कम्पनीलाई नाफामा पुर्याएको हो। कम्पनीको वित्तीय खर्च पनि घटेर ६ करोड २ लाख रुपैयाँमा झरेको छ, जबकि अघिल्लो वर्ष यो खर्च ६ करोड ८६ लाख थियो। १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको माया खोलाको जगेडा कोष भने ३० करोड ९१ लाख ऋणात्मक रहेको छ।
प्रतिसेयर आम्दानी १०.८५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ६९.०९ रुपैयाँ रहेको छ।





















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया