भोलि भदौ १९ गते शुक्रबारदेखि भदौ २३ गते मंगलबारसम्म विभिन्न अवसरमा सार्वजनिक बिदा परेकाले सेयर बजारको कारोबार प्रभावित हुने भएको छ। तर, भदौ २२ गते सोमबार भने नेप्सेमा नियमित कारोबार हुनेछ।
भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीका अवसरमा सार्वजनिक बिदा छ। त्यसपछि भदौ २० गते शनिबार र २१ गते आइतबार नियमित साप्ताहिक बिदा हुनेछ।
भदौ २२ गते सोमबार भने रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीमा ज्यान गुमाउने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथीको दिन सम्मानमा राष्ट्रिय शोक मनाइनेछ। राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
भदौ २२ गते सार्वजनिक बिदा नभएकाले नेप्सेमा नियमित कारोबार हुनेछ।
यस्तै, भदौ २३ गते मंगलबार जेन्जी सहिद दिवसका अवसरमा नेपालभर सार्वजनिक बिदा दिइएको छ।
यसअनुसार भदौ १९, २०, २१ र २३ गते नेप्से बन्द रहनेछ भने भदौ २२ गते सोमबार सेयर बजार खुल्नेछ।

प्रतिकृया