SHAREHUB SHAREHUB

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

Advertisement Ads
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
Advertisement Ads

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको भदौ १७ गते बुधबार बिहान बसेको सञ्चालक समितिको ४७३औँ बैठकले चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरणका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर रहनेछ। नगद तथा बोनस सेयर दुवैमा करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

बैंकले प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी २०औँ वार्षिक साधारण सभामा लाभांशसम्बन्धी प्रस्ताव पेस गरिनेछ।

वार्षिक साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्रै बैंकका सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

Advertisement Ads

Screenshot 2 9 2026 101617 www.nepalstock.com https://bajarkochirfar.com/global-ime-banks-dividend-announcement-how-much-is-the-bonus-and-cash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Puspa raj Pandey
Puspa raj Pandey
1 month ago

I’m happy

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स