खुद ब्याज आम्दानी घटे पनि किन बढ्यो ग्लोबल आइएमई बैंकको नाफा ?

खुद ब्याज आम्दानी घटे पनि किन बढ्यो ग्लोबल आइएमई बैंकको नाफा ?
Advertisement Ads

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा २२.६७ प्रतिशतले बढेर ६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा खुद ब्याज आम्दानी केही घटे पनि इम्पेयरमेन्ट चार्ज उल्लेख्य रूपमा घट्दा र सञ्चालन आम्दानी बढ्दा बैंकको नाफामा सुधार देखिएको हो। बैंकले सम्भावित कर्जा नोक्सानीका लागि छुट्याउनुपर्ने इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ५ अर्ब ९८ करोड रुपैयाँबाट घटेर ४ अर्ब ७९ करोड रुपैयाँमा सीमित गरेको छ, जसले नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड रुपैयाँमा आएको छ। यद्यपि, शुल्क तथा कमिसन आम्दानी १३ प्रतिशतले बढेर ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, कुल सञ्चालन आम्दानी २.६१ प्रतिशतले बढेर २१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २०.०३ प्रतिशतले वृद्धि भई ८ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा (एनपीएल) अनुपात भने केही बढेको छ। अघिल्लो वर्ष ४.८६ प्रतिशत रहेको खराब कर्जा अनुपात ०.१० प्रतिशतबिन्दुले बढेर ४.९६ प्रतिशत पुगेको छ। यसले कर्जा गुणस्तरमा सामान्य दबाब रहेको संकेत गरे पनि इम्पेयरमेन्ट खर्च घटेकाले समग्र नाफा सुधारिएको देखिन्छ।

समीक्षा अवधिमा बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २१.५३ प्रतिशत बढी हो। यस्तै, बैंकले प्रवाह गरेको कर्जा ७.१३ प्रतिशतले बढेर ४ खर्ब ३९ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।

हाल बैंकको चुक्ता पूँजी ३८ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने सेयरधनीहरुलाई लाभांश बाँड्न मिल्ने वितरणयोग्य नाफा १२.९८ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ र जगेडा कोषमा २७ अर्ब ११ करोड रुपैयाँ सञ्चित रहेको छ। वितरणयोग्य प्रतिसेयर आम्दानी १०.६४ रुपैयाँबाट बढेर १२.०२ रुपैयाँ पुगेको छ

बैंकको प्रतिसेयर आम्दानी (EPS) ३.०२ रुपैयाँले बढेर १६.३४ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८३.१४ रुपैयाँ छ।

GBIME https://bajarkochirfar.com/why-did-global-ime-banks-profit-increase-even-though-net-interest-income-decreased | %tags

NABIL https://bajarkochirfar.com/why-did-global-ime-banks-profit-increase-even-though-net-interest-income-decreased | %tags
यो पनि पढ्नुहोस

नबिल बैंकको खुद नाफा पौने ८ अर्ब नाघ्यो; वितरणयोग्य नाफा ३४% ले बढ्दा प्रतिसेयर आम्दानी कति ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स