आजसम्म सेयर किन्नेले मात्र पाउँछन् यी ८ वटा कम्पनीको लाभांश, कुनले कति दिँदैछ ?



८ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १६ गते अन्तिम दिन रहेको छ। साधारण सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेका यी कम्पनीहरूको लाभांश आजसम्म सेयरधनी कायम रहनेले मात्र प्राप्त गर्न सक्नेछन्।

लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेका कम्पनीहरूमा अप्पर हेवाखोला हाइड्रोपावर, निर्धन उत्थान लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन, ग्रिन डेभलपमेन्ट बैंक, महुली लघुवित्त, चिलिमे हाइड्रो, फर्स्ट माइक्रोफाइनान्स र इमर्जिंग नेपाल रहेका छन्।

अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीले ०.७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ।

निर्धन उत्थान लघुवित्तले ५ प्रतिशत बोनस सेयरसहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले २१.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

ग्रिन डेभलपमेन्ट बैंकले ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

साथै, महुली लघुवित्तले ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

चिलिमे हाइड्रोपावरले ८ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश लाभांश दिने प्रस्ताव गरेको छ ।

फर्स्ट माइक्रोफाइनान्सले ६.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् । यी ७ वटै कम्पनीको साधारण सभा पुस ३० गते बस्नेछ छ ।

यस्तै, इमर्जिंग नेपालले भने ५.२६३१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने यसको साधारण सभा पुस २८ गते बस्ने तय भएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad