चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमा ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) समावेश छ।
कम्पनीको सञ्चालक समितिले पुस ८ गते बसेको बैठकमा सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो। यस प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ। साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यस अनुसार, पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।











![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया